दफा २८क
कार्यसम्पादन प्रोत्साहन कोष
(१) नेपाल सरकारले निजामती कर्मचारीको कार्यसम्पादन, कार्य
परिणाम र प्राप्त नतिजाको आधारमा निजलाई प्रोत्साहन गर्न एक कार्यसम्पादन प्रोत्साहन कोषको
व्यवस्था गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा रहने रकम, त्यसको सञ्चालन, व्यवस्थापन तथा अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।